बालाजु बाइपासको प्राईम बैकको पार्किगंमा एक जना युवक मृत भेटिए

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । काठमाडौं महानगरपालिका–१६, बालाजु बाइपासमा एक जना युवक मृत अवस्थामा फेला परेका छन् ।

प्राइम बैंकको पार्किङमा अन्दाजी २५ वर्षीय व्यक्ति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

काठमाडौं प्रहरीका एक अधिकृतका अनुसार, हालसम्म मृतकको सनाखत भएको छैन । यद्यपि, उनको राहदानी नम्बर फेला परेकाले आइतबारसम्ममा थप विवरण खुल्ने उनले बताए ।

उनलाई मृत अवस्थामा फेला पारेपछि प्रहरीले आसपासको क्लोज सर्किट (सीसी) टिभी समेत हेरेको थियो ।

त्यसक्रममा उनी एक्लै आएर बसेको जस्तो देखिएको प्रहरीले जनाएको छ । उनको साथमा कालो झोला र बैशाखी समेत भेटिएको प्रहरीले जनाएको छ ।

उनको मृत्युको कारण जान्न प्रहरीले शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ ।

 

साभारः अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्