भानुको कालिमाटीमा मोतियाविन्दुको अप्रेसन सहित निः शुल्क आँखा शिविर सम्पन्न

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । भानु नगरपालिका वडा न. १० को कालिमाटीमा मोतियाविन्दुको अप्रेसन सहित निः शुल्क आँखा शिविर सम्पन्न भएको छ । कालिमाटी नगर अस्पतालमा नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पताल चितवन ,भानु नगरपालिका,नारायणगढ लायन्स क्लब र आँखा उपचार केन्द्र भानु तनहुँको संयुक्त आयोजनामा उक्त निः शुल्क मोतियाविन्दुको अप्रेसन सहितको आँखा शिविर संचालन भएको हो । उक्त शिविरमा २४० जनाको आँखा जाँच गरिएको र तिमध्ये ३१ जना बिरामीको मोतिविन्दुको अपरेशन गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्