राजधानीमा भएको सवारी दुर्घटनामा चन्द्रागिरीका कुमार श्रेष्ठको मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । राजधानीको चन्द्रागिरीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । चन्द्रागिरी नगरपालिका-९ चुनदेबी चोकमा बा. ४ ख १७० नम्बरको गाडी र बा. प्र. ०२-०४६ प ७१२९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक चन्द्रागिरी नगरपालिका-९ बस्ने ३९ वर्षीय कुमार श्रेष्ठको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सतुङ्गलस्थित एपिएफ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १ जनाको बिएण्डबि अस्पताल ललितपुरमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

रातोपाटी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्