
काठमाडौं । नेपाल भ्यालुयर्स एसोसिएशन (एनभिए) ले भोलि (बुधबार) १४औं स्थापना दिवस )एनभिए डे –२०८१) भव्यताका साथ मनाउदै छ ।
१४औं स्थापना दिवसको अवसरमा एनभिएले देशभरका सबै इन्जिनियरहरुलाई मुल्यांकनसम्बन्धि नियमित कार्य स्थगित गरी आफुलाई पायक पर्ने केन्द्र,प्रदेश वा च्याप्टर कार्यालयमा उपस्थित भएर हर्षोल्लासका साथ मनाउन आग्रह गरेको हो ।
वि. स. २०६८ सालमा स्थापना भएको एनभिएले आगामी माघ २३ गते बुधबार विभिन्न कार्यक्रमसहित भव्यताका साथ ठमेलस्थित होटल यात्रीमा स्थापना दिवस मनाउन लागेको हो ।
मंगलबार एक विज्ञप्ती जारी एशोशिएसनले भोलि मुल्यांकनसम्बन्धि सम्पुर्ण कामकाज रोकिने भएकोले पर्न गएको असुविधाप्रति पनि क्षमायाचना गरेको छ । बुधबार एनभिएले वरिष्ठ भ्यालुयर्स इन्जिनियरलाई विशेष सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।
साभारः नेपाली पेन अनलाईन