
माघ २२ । अन्जान परियार। तनहुँ । तनहुँको दमौलीमा एक हप्ते एडभान्स फेसन डिजाइन सम्बन्धि तालिम सम्पन्न भएको छ। नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ अन्तर्गत महिला उद्यमी समिति गण्डकी प्रदेशको आयोजना र तनहुँ जिल्ला समितिको ब्यवस्थापनमा आधारभुत तहको एक हप्ते फेसन डिजाइन तालिम भएको हो।
सीप सिकौं, स्वरोजगार भई आत्मनिर्भर बनौँ भन्ने मुल नारा सहित माघ १३ देखि १९ गते सम्म संचालन भएको सो तालिममा तनहुँ जिल्ला भरी बाट ४३ जना महिलाहरु प्रशिक्षार्थीको रुपमा सहभागी थिए। तालिममा प्रिन्सेस ब्लाउज, कर्ड सेट वानपिस, ब्राईडल लेहेङ्गा, आइक्याप ब्लाउज, कटपिस लेहेङ्गा, सब्यासाची ब्लाउज, धोती स्कर्ट, फिक्स साडी आदि सिलाउन सिकाइएको थियो। सो तालिमको मनु थापाले प्रशिक्षण दिएकी थिइन।
उक्त कार्यक्रमको अन्तिम दिन समापन गर्दै प्रशिक्षार्थीहरुलाई ब्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेको हात बाट प्रमाणपत्र बितरण गरिएको थियो। महिला उधमिहरुको उत्पादनमा जोड दिँदै आयोजना गरिएको कार्यक्रमको शनिबार समापन समारोहमा महिला उधमी तनहुँको अध्यक्ष बशन्ती श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा ब्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपाने, नेपाल कपडा तथा सिलाई ब्यवसायी महासंघ स्थायी कमिटी सदस्य किसान सेवा, बिशिस्ट सदस्य नरेन मित्रकोटी, ब्यास नगरपालिका -२ का वडा अध्यक्ष कासिराम श्रेष्ठ, महिला उधमी गण्डकी प्रदेश समिती अध्यक्ष ममता बस्याल लगायतले मन्तब्य राखेका थिए।