फेसबुकमा पार्टी र नेताविरुद्ध लेखेको आरोप घोराही-८ का वडाध्यक्ष जितेन्द्र एमालेबाट निष्कासित

सर्वज्योति
  • ख-
  • ख+

दाङ । नेकपा एमालेले घोराही उपमहानगरपालिका- ८ का वडाध्यक्ष जितेन्द्र शाहलाई पार्टीबाट निष्कासन गरेको छ ।

आज बसेको दोस्रो पूर्ण बैठकले शाहले पार्टीविरोधी गतिविधि काम गरेकाले निष्कासन गरेको एमाले दाङका सचिव श्याम डाँगीले जानकारी दिए । शाह अघिल्लो स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट निर्वाचित वडाध्यक्ष हुन् ।

शाहमाथि फेसबुकमा एमाले र नेतृत्वविरूद्व जथाभावी लेख्दै आएको आरोप छ । अब उनलाई वडाध्यक्षबाट बरखास्तका लागि पनि प्रक्रिया अघि बढाइने सचिव डाँगीले बताए ।

नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्