तनहुँ । तनहुँ दमौलीका मङ्गलप्रसाद श्रेष्ठ नेकपा (एस) को केन्द्रीय लेखा आयोगको सदस्य मनोनित भएका छन् । नेकपा (एस) तनहुँ जिल्ला कमिटिको सचिव रहेका श्रेष्ठ व्यापारिक पृष्ठभुमिको रहेका छन् । उद्योग वाणिज्य संघ तनहुँ लगायत विभिन्न संघसंस्थामा कार्यरत रहदा अनुभव बटुलेकोले पार्टीले आफुलाई दिएको महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्ने श्रेष्ठले बताएका छन् ।








