कमलपोखरीको सान्दार मःममा सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते

सर्वज्योति
  • ख-
  • ख+

(तस्विरः सांकेतिक)

काठमाडौं । काठमाडौंको कमलपोखरीमा ग्यास विस्फोट हुँदा एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

प्रहरीका अनुसार सानदार मःम पसलमा ग्याँस सिलिण्डर पड्किएको हो ।

११ जना घाइते भएका छन् । केहीको अवस्था गम्भीर रहेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार घाइतेहरुलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ ।

साभारः नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्