नेपाली कांग्रेस बन्दिपुर १ को वडा भेला सम्पन्न

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । नेपाली कांग्रेस बन्दिपुर गाँउपालिका वडा नं. १ को वडा भेला सम्पन्न भएको छ । बन्दिपुर गाउपालिका वडा न. १ वडा सभापति देवेन्द्र खनालको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ, जिल्ला सचिव सहदेव अधिकारी, जिल्ला सदस्यहरु ईनकन खनाल, शिव खत्री, नेपाली कांग्रेस जिल्ला कमिटि विशेष आमन्त्रित सदस्य केशव अधिकारी, नेपाली कांग्रेस बन्दिपुरका सभापति कर्ण बहादुर खत्री लगायत पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा पार्टीले आगामी दिनमा गर्नुपर्ने काम र समसामयिक षियमा छलफल भएको बन्दिपुरका युवा नेता मंगल गुरुगंले जानकारी दिएका छन् । (तस्विरः मंगल गुरुगं, बन्दिपुर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्