कांग्रेसका भ्रष्ट नेता नसमात्ने ग्यारेन्टी गरेर ओली प्रधानमन्त्री बनेको ओलीमाथि घनश्याम भुसालको आरोप

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका भ्रष्टहरू नसमात्ने ग्यारेन्टी गरेर प्रधानमन्त्री भएको आरोप लगाएका छन्।
पार्टीको प्रथम उपत्यका प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै बालुवाटर ओली भएसम्म केही हुँदैन भन्ने सिद्धान्तमा अघि बढेको दाबी गरे।
उनले भने, ‘अहिले दिनदिनै ओलीले राम्रो गरिरहनुभएको भन्दै हुनुहुन्छ देउवाजी। ओलीजीले कांग्रेसका भ्रष्टहरू नसमात्ने ग्यारेन्टी गर्नुभएको छ। यतिबाहेक अरु केही पनि छैन। यो सरकार किन बन्यो भन्ने देखिसकिएको छ। सहकारीमा रविहरूलाई देखाउन बरु आफ्नै २र४ जना गिरफ्तार गर्नुभएको छ तर उहाँले कांग्रेस चाहिँ छुनुहुन्न। यीनका नालायकि अझै धेरै प्रष्ट हुँदै जानेछ। हामीले देख्नेछौं।’

नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?