भानुको आँखा शिविरमा १ हजारन्दा बढि बिरामीको आँखा जाँचः १२७ जनाको निः शुल्क शल्यक्रिया

सर्वज्योति
  • ख-
  • ख+

भानु । तनहुँको भानु नगरपालिकामा आयोजित निःशुल्क आँखा शिविरमा १ं०१६ जना बिरामीको आँखा जाँच गरिएको छ । भानु नगरपालिका तनहुँ , , नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पताल चितवन , नारायणगढ लायन्स क्लब र आँखा उपचार केन्द्र भानु २ तनहुँको संयुक्त आयोजनामा सम्पन्न शिविरमा १२७ जनाले गराए निः शुल्क मोतियाबिन्दुको शल्यक्रिया पनि गरिएको थियो ।

माघ २२,२३ र २४ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र एवं आँखा उपचार केन्द्र भानु नगरपालिका-२ नारेश्वरटारमा शिविर सन्चालन गरिएको थियो । शिविरमा आँखा जाँच गराउदा आँखामा विभिन्न समस्याहरु देखिएका पाँच सय भन्दा बढि व्यक्तिहरुलाई निःशुल्क चश्मा र आवश्यक औषधिहरु पनि वितरण गरिएको थियो।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्