व्यास गुफा परिसरमा रूद्रयाग् (यज्ञ) सुरू

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । व्यास नगरपालिका( ३ व्यास गुफा परिसरमा रूद्रयाग् यज्ञ सुरु भएको छ । वैदिक पुरोहित समाज तनहुँको आयोजना व्यास गुफा परिसरमा आईतवारबाट सुरू भएको यज्ञको व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गरे । नगरप्रमुख न्यौपानेले रूद्रयाग् (यज्ञ) को उद्घाटन गर्दै व्यास क्षेत्रमा सुरू भएको अनुष्ठान कार्यक्रम सफल हुने बताए । उनले यस्ता धार्मिक अनुष्ठानले व्यास क्षेत्रको प्रचारप्रसार गर्न सहयोगपुग्ने बताए । व्यास नगरपालिकाले महाशिवरात्रीको पुर्वसन्ध्यामा फागुन ९ गते व्यास पराशर क्षेत्र सरसफाइ महाअभियान कार्यक्रम गर्ने र उक्त कार्यक्रममा सहभागीताको लागि समेत आग्रह गरे ।
वैदिक पुरोहित समाज तनहुँका अध्यक्ष एवं रूद्रयाग (यज्ञ) को मुल समारोह समिति संयोजक शास्त्री तुलसीराम पौडेल उपाध्यायको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा ब्राह्मण समाज केन्द्रीय सदस्य एव व्यास नगर समिति अध्यक्ष विश्व सुवेदीले व्यास क्षेत्रमा गरीएको यज्ञ कार्यक्रम महत्त्वपूर्ण भएको बताए ।
शान्ति स्वरूपानन्द दामोदर बाबाले व्यास प्रयागमा विशाल प्रकारका यज्ञ वर्षेै पिच्छे गर्नुपर्ने आवश्यक रहेको बताए ।
वेदानुयाय प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष पण्डित कृष्णकान्त काफ्लेले ब्राह्मणको प्रमुख उदेश्य नै यज्ञ गर्नु रहेको र पावन व्यास पराशर क्षेत्रमा हुनु झनै महत्त्वपूर्ण भएको बताए ।
व्यासका अध्येता काशीनाथ न्यौपानेले यज्ञको विधान वेदमा रहेको बताउदै यज्ञले समाजमा शान्ति कायम गर्न सहयोग पुग्ने बताए ।
उक्त यज्ञमा ११ जना पुरोहितद्वारा पाठपारायण, २२ जना पुरोहितद्वारा हवन, एकजना पुरोहितले जप, १ जनाले स्वाहाकार गरि ३५ जना पुरोहितहरूको प्रत्यक्ष सहभागीता रहने बताएको छ । आईतवार पुर्वाङ्ग गरिएको यज्ञमा २८ गते सोमवार हवनात्मक तथा पाठ पारायण, २९ गते मंगलवार पुर्ण आहुती सहित समापन गरिने समाजका प्रचारप्रसार समिति संयोजक गणेश घिमिरेले जानकारी दिए । यज्ञमा सहभागी भएर पून्य प्राप्त गर्न आयोजकले आग्रह गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्