व्यास नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा ”व्यास नगर बहुसाँस्कृतिक कार्यक्रम” हुने

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । व्यास नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा फागुन ७, ८ र ९ गते व्यास नगर बहुसांस्कृतिक कार्यक्रम हुने भएको छ । दमौली बजारको अनसन चौतारी खुल्लामन्चमा उक्त कार्यक्रम आयोजना हुन लागेको आज एक पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिईयो । प्रतिष्ठानका कुलपति तथा व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले विविध जातजातिको बसोवास र विविध सस्कृतिको धनी व्यास नगरपालिकाका आफ्नो संस्कृतिको संरक्षणको लागि यो कार्यक्रमको आयोजना गरिएको उक्त अवसरमा जानकारी दिएका थिए । साथै व्यास नगरपालिकाको यहि सोच अनुसार नै व्यास नगर प्रज्ञा प्रतिष्ठान गठन हुन पुगेको हो । यसैले यस प्रतिष्ठानद्वारा व्यास नगरभित्रका सम्पूर्ण जातजातिहरुको आ-आफ्नै मौलिक भाषा, साहित्य, संस्कार, संस्कृतिहरुको जगेर्ना, उत्थान र सम्वर्द्धन गर्ने उद्देश्य लिएको बताएका थिए । कार्यक्रममा प्रतिष्ठानका उपकुलपति काशिनाथ न्यौपानेले संस्कार र संस्कृतिको संरक्षणको लागि कार्यक्रम आयोजना गर्नुपरेको बताएका थिए ।

फागुन ७ गते प्रजातन्त्र दिवसको शुभअवसर पारेर यस प्रतिष्ठानले व्यास नगर पालिका भित्रका सम्पूर्ण जातजातिहरुको मौलिक संस्कृति झल्काउने व्यास नगर विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने सम्पन्न लिएको प्रतिष्ठानका सदस्य देवी बहादुर बस्नेत( बस्न्यात) ले बताएका थिए । कार्यक्रममा प्रतिष्ठानका सदस्य मेघनाथ रिमालले सांस्कृतिक कार्यक्रममा प्रस्तुत गरिने बिषयबस्तुको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रम परिसरमा ललितकला, मूर्तिकला, चित्रकला आदि प्रदर्शन गरिनुका साथै सहभागीगी सबै जातिय समाज र समूहलाई रु १० हजार रुपैयाका दरले सहयोग प्रदान गरिनुका साथै झाँकीमा सहभागी समाज मध्येबाट प्रथम, द्धितीय र तृतिय हुनेलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैया पुरस्कार प्रदान गरिने पनि उक्त अवसरमा जानकारी दिईएको थियो ।

प्रतिष्ठानकी सदस्य अन्जना तिमल्सेनाले सचालन गरेको कार्यक्रममा प्रतिष्ठानका कुलपति तथा व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने, प्रतिष्ठानका उपकुलपति एवं व्यासका अध्येता काशिनाथ न्यौपाने प्रतिष्ठानकी सह कुलपति एवं  व्यासकी उप मेयर ईन्दिरा दरै,  व्यास नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत काशीराम गैरे, , पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपि अधिकारी लगायतका प्रतिष्ठानका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिष्ठानको निर्णय अनुसार निम्नानुसारको कार्यक्रम रहेको छन्ः

२०८१ फागुन ७ गते
→ बिहान ११ बजे साँस्कृतिक झाँकी सहित शोभायात्रा (नगर परिक्रमा)
दिनको १ बजे कार्यक्रमको समुद्घाटन
२ बजेदेखि साँझ ५ बजेसम्म विविध साँस्कृतिक प्रस्तुति
२०८१ फागुन ८ गते
बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विविध साँस्कृतिक प्रस्तुति

२०८१ फागुन ९ गते
बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म विविध साँस्कृतिक प्रस्तुति
दिनको २ बजे पछि समापन समारोह ।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्