काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले कतिपय केन्द्रीय सदस्य र वैकल्पिक केन्द्रीय सदस्यलाई जिम्मेवारी हटाएको छ भने कतिपयलाई थप गरेको छ । थपिनेमा माओवादीका युवा नेता मदन आले पनि रहेका छन् । केहि दिन अघि बसेको केन्द्रीय समिति बैठकले गण्डकी प्रदेशमा कार्यरत गुप्त हमाल र दिलमाया रोका निश्कृय रहेको तथा केशव कुँवर वैदेशिक रोजगारीमा रहेकाले उनीहरुलाई पदमुक्त गरिएको छ । यस्तै आलेसगै गण्डकी प्रदेश अन्तरगतका रेशमबहादुर जुग्जाली मगर (म्याग्दी) र धनबहादुर बिक (बागलुङ) लाई पनि वैकल्पिक केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।
यस्तै पार्टी एकता प्रक्रियाबाट जोडिएका कृष्णराज न्यौपाने ‘लब्ली’ (चितवन), बद्री तिमिल्सिना (चितवन) र खगेन्द्र छन्त्याल (बागलुङ) लाई वैकल्पिक केन्द्रीय सदस्य तथा अरुणपीडित भण्डारी ९चितवन०लाई केन्द्री आयोगमा जिम्मेवारी दिइएको छ ।
यस्तै केन्द्रीय सदस्य रामलाल बि.क. पेशमा रहेको भन्दै रिक्त स्थानमा केन्द्रीय सल्लाहकार छिरिङ डण्डुल लामा (हुम्ला) लाई मनोनित गरिएको छ । उनी संघीय सांसद पनि हुन् । साथै विरेन्द्र बस्नेत (झापा) लाई वैकल्पिक केन्द्रीय सदस्यमा मनोनित गरिएको छ भने प्रवास कार्यालयमा कार्यरत टिबी पाठकलाई पार्टी केन्द्रीय सल्लाहकारमा मनोनित गरिएको छ ।
पश्चिम अन्तरदेशीय प्रवास प्रदेश कार्यालयको सिफारिस अनुसार प्रदेश समितिमा १७ जना र बेलायतमा पार्टी एकतामा जोडिएका क्षेत्रकला राई र नरहाङ राईलाई प्रवास प्रदेश समितिमा मनोनित गर्ने निर्णय पनि भएको छ ।








