अनलाइन जुवा खेलाएको आरोपमा बूढानीलकण्ठबाट २३ जना पक्राउ

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौँ । प्रहरीले काठमाडौँको बूढानीलकण्ठ स्थित एक घरमा छापा मारेर २३ जनालाई पक्राउ गरेको छ । अनलाइन जुवा खेलाएको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले बताए । पक्राउ पर्नेहरू अधिकांश भारतीय नागरिक छन् । कागजात हेरेर पक्राउ पर्नेहरूको विवरण यकिन गर्ने काम भइरहेको एसएसपी अधिकारीले जानकारी दिए । सो घरबाट प्रहरीले ८८ वटा मोबाइल र १० थान ल्यापटप बरामद गरेको छ ।
रातोपाटी

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्