माओवादीद्वारा फागुन १० गते स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आह्वान

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आह्वान गरेको छ ।

पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई पार्टीको नीतिअनुसार प्रशिक्षित गराउने उद्देश्यका साथ भेला आह्वान गरिएको माओवादीको भनाइ छ ।
फागुन १० गते काठमाडौँमा स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रमसहितको राष्ट्रिय भेला आयोजना गरिएको महासचिव देव गुरुङले बताए ।

भेलामा पालिकाका प्रमुखरउपप्रमुख, अध्यक्षरउपाध्यक्ष र सम्बन्धित पालिकाका पार्टी अध्यक्षहरुको सहभागिता रहने उनको भनाइ छ ।

पार्टीको नीतिअनुसार जनप्रतिनिधिलाई प्रशिक्षित गर्न एमाले, कांग्रेस लगायतका दलहरूले पनि यस्तो भेला गर्दै आएका छन् । सोहीअनुसार माओवादीले पनि भेला गर्न लागेको र सो भेलामा उनीहरूलाई प्रशिक्षण दिइने बताइएको छ ।
रातोपाटी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?