जिल्ला सहकारी संघ तनहूँको आयोजनामा अध्यादेश २०८१ सम्बन्धी अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सहकारी संघ तनहूँका अध्यक्ष प्रदिप अधिकारीको अध्यक्षतामा भएको सहकारी अध्यादेश २०८१ सम्वन्धी अन्तरक्रिया तथा सुझाव संकलन गरिएको थियो । कार्यक्रममा तनहूँ जिल्ला भित्र भएका सहकारी संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । अध्यादेश २०८१ सम्बन्धी छलफल र तनहू जिल्ला सहकारी संघको तर्फबाट कस्ता कस्ता सुझाव दिदा सहकारीलाई राम्रो हुने भने बारेमा जिल्ला सहकारी संघ तनहूँका अध्यक्ष प्रदिप अधिकारिले आफ्नो सुझावको बारेमा जानकारी दिनुभएको थियो । त्यस सुझावमा केहि थाप्न पर्ने र मिलाउन पर्नेलाई त्यहि छलफल गरेर सुझाव संकलन गरिएको थियो ।त्यसै बिच अधिकारिले आउदै गरेको चैत २० गते सहकारी दिवस मनाउनलाई सबै जनाले सब्य र भव्य रुपमा सम्पन्न गर्न लाक्नको लागि अनुरोध समेत गर्नु भएको थियो ।

कृषि सहकारीका सल्लाहकार रामजि लौडारीले हामी सुतेर बसै अहिले सम्म नेपाल भरिका ३५ हजार सहकारी एक जुट हुन आवश्यकता छ। भोलि परे देखि जिल्लामा आन्दोलन गर्न पनि तयार हुन पर्ने बताउनु भयो । सबै जनाले सहकारीको उदेश्यहरु के हो भने कुराहरु बुझ्न आवश्यक भएको बताउनुभयो।
सप्रिम सहकारीका अध्यक्ष मनोज अधिकारीले अध्यादेश २०८१ सम्बन्धी अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम जिल्ला सहकारी संघले राखेकोमा संघलाई धन्यवाद दिनु भएको थियो । सहकारी राम्रो बनाउनको लागि सहकारी अभियानलाइ उच्च साथ दिनु पर्ने बताउनु भयो । आउदो दिनमा पनि जिल्ला सहकारी संघ तनहूँले तालिम गोष्टिहरु गर्न समेत अनुरोध गर्नु भएको थियो । कार्यक्रम जिल्ला सहकारी संघ तनहूँका सचिव पदम बहादुर बानियाले संचालन गर्नु भएको थियो ।








