काठमाडौँको साँखुमा स्कुल बस दुर्घटनामा दुई विद्यार्थीको मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौँ । काठमाडौँको साँखुस्थित सलम्बुटारमा स्कुल बस दुर्घटना भएको छ । दुर्घटनामा परेर दुई जना विद्यार्थीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहोराले बताए ।
चाबहिलस्थित एसएस एकेडेमीको बस दुर्घटनामा परेको हो । नगरकोटमा पिकनिक बनाएर फर्किएका स्कुल व्यवस्थापक, शिक्षक र विद्यार्थीसहित ४० जना घाइते भएका छन् ।
प्रहरीले घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्