पाेखरामा बेलुन फुटेर आगो सल्किँदा घाइते अर्थमन्त्री पौडेल किर्तिपुरस्थित जलन अस्पतालमा

सर्वज्योति
  • ख-
  • ख+

पोखरा । पोखरा भ्रमण वर्ष घोषणा समारोह उद्घाटनका क्रममा बेलुन पडकिएर घाइते भएका अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई गण्डकी अस्पताल पाेखरामा प्रारम्भिक उपचार गरे पछि अहिले किर्तिपुरस्थित जलन अस्पताल लगिएकाे छ ।

अर्थमन्त्रीकाे सचिवालयका अनुसार पौडेललाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको हो । त्यस्तै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई पनि थप उपचारका लागि काठमाडौं पठाइएको छ।कास्कीका सहायक सिडिओ शिव लम्सालका अनुसार घाइते भएका मेयर आचार्यलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको हो।

घटनामा अर्थमन्त्री  पौडेल र पोखरा महानगरपालिकाका प्रमुख आचार्य घाइते भएका हुन्। बेलुन नजिकै रहेका उनीहरूको अनुहार सामान्य जलेको छ। अर्थमन्त्रीको तुलनामा मेयरको गालाको भाग बढी डढेको प्रत्यक्षदर्शीले बताए।

रिमोटबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालामा परेपछि ठूलो आवाजसहित बेलुन पड्किएको थियो।

अर्थमन्त्री पाैडेलकाे सचिवालयका अनुसार उनको स्वास्थ्यमा केही असर परेको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?