तिला नदीमा डुबेर २४ बर्षिय युवक बेपत्ता

सर्वज्योति
  • ख-
  • ख+

सुर्खेत । कालीकोटको तिलागुफा नगरपालिका ४ राँचुलीका २४ वर्षीय भोजन शाही तिला नदीमा डुबेर बेपत्ता भएका छन् ।

शनिबार माछा मार्ने क्रममा नदीमा पसेका शाही बेपत्ता भएको परिवारजनले बताएका छन् । घटनापश्चात् स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उनको खोजी कार्य गरे पनि अहिलेसम्म फेला पार्न सकिएको छैन ।

खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए ।

 

नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?