तनहुँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८० /०८१ को कार्यसम्पादन मूल्यांकनमा जिल्लामा भानु नगरपालिका उत्कृष्ट भएको छ । आयोगले बुधबार सार्वजनिक भएको मुल्यांकनमा तनहुँका १० स्थानीय तहमध्ये भानु उत्कृष्ट स्थान भएको हो। स्थानीय सरकारले कार्यसम्पदान गर्ने १७ वटा सूचकलाई आधार मानेर अंक दिइएको हो । भानुले दिएको कुल ७१.४ प्रतिशत अंक प्राप्त गरेको छ । यस्तै भिमाद नगरपालिकाको ६८.४ प्रतिशत अंक आउँदा व्यासको ५६.४ र शुक्लागण्डकीको ५२.४ अंक आएको छ । यस्तै गाउँपालिका तर्फ बन्दीपुरको ५९.८ अंक पाएको छ भने म्याग्देको ५९.५, ऋषिङ्गको ५६.३, आँबुखैरेनीको ५६ र घिरीङको ४३.२ प्रतिशत अंक आएको छ। सूचकमा विनियोजित रकम, खर्च, राजस्वको लक्ष्य, खर्च, सामुदायिक विद्यालयमा कक्षा १० मा पास हुने विद्यार्थीको संख्या, लेखापरीक्षण, बेरुजु रकम लगायत सूचकहरु रहेका छन् ।








