तनहुँ। सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको परिचयात्मक तथा अन्तर स्थानीय सरकार समन्वय बैठक तनहुँको दमौलीमा आईतबार सम्पन्न भएको छ ।
सुरक्षित आप्रवासन कार्यक्रमको चौंथो चरणको जानकारी प्रदान गरी सामी कार्यक्रम अन्तरगत हाल सम्म सम्पन्न क्रियाकलाप तथा प्रगतिर बैदेशिक रोजगारी ब्यवस्थापनको लागि संघ, प्रदेश र स्थानीय तहहरुको दायीत्व र भूमिकाबारे जानकारी गराउने उदेश्यले कार्यक्रम गरिएको हो । साथै सामी कार्यक्रम लागु हुन बाँकी तनहुँका स्थानीय तहहरुमा कार्यक्रम विस्तार बारे कार्ययोजना निर्माण गर्ने उदेश्यले कार्यक्रम गरिएको ब्यास नगरपालिकाकी सामी कार्यक्रमकी फोकल पर्सन लुना रानाले जानकारी दिनुभयो ।
कार्यक्रममा सेवाग्राहीहरु शुक्लागण्डकी ७ की मंगली वि. क., ब्यास १३ की कुमारी ठडराई, शुक्लागण्डकी १ का राजु बोहरा क्षेत्री र शुक्लागण्डकी ५ की नारायणी थापाले आफूहरुको बैदेशिक रोजगारी सम्बन्धि समस्यामा सामीको सहयोग कहिल्यै भूल्न नसकिने भन्दै आ–आफ्नो अनुभव प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी सामी कार्यक्रमकी सुचना तथा परामर्शकर्ता गोमा तिवारीले बैदेशिक रोजगारी सम्बन्धि मनोसामाजिक परामर्स, ठगीका समस्या र स्वास्थ्य समस्या आदिबारे अनुभव ब्यक्त गर्नु भयो । ब्यासकी नगर उप–प्रमुख ईन्दिरा दरैले स्वागत र ब्यासका नगर प्रमुख बैकुण्ठ न्यौपानेले समुद्घाटन गर्नु भएको कार्यक्रममा सामाजिक विकास युवा तथा खेलकूद मन्त्रालय गण्डकी प्रदेशका उप सचिव प्रकाशचन्द्र ढुँगानाले सामी कार्यक्रमको चौंथो चरणको बारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बेदेशिक रोजगारीको सवालमा प्रमुख जिल्ला अधिकारीको भूमिका र सहकार्य आदि बारे प्रस्तुतीकरण राख्नु भएको थियो भने ब्यास नपाका प्रमुख प्रशासकीय अधिकृत काशिराम गैरेले तनहुँमा बेदेशिक रोजगारको वर्तमान अवस्था, आप्रावासी स्रोतकेन्द्र मार्फत सम्पादन भएका कार्यहरुको बारेमा जानकारी दिनुभएको ब्यास नपाका वरिष्ठ अधिकृत राजेन्द्र कार्कीले जानकारी दिनुभयो ।
तनहुँमा ब्यास नपा, शुक्लागण्डकी नपा, भानु नपा , भिमाद नपा, बन्दिपुर गाउँपालिका, देवघाट गाउँपालिका र म्याग्दे गाउँपालिकामा सामी कार्यक्रम लागु भएको छ भने आँबुखैरेनी, ऋषिङ र घिरिङमा क्रमश कार्यक्रम गरिने बताईएको छ ।








