भौतिक, स्वास्थ र शिक्षा क्षेत्रमा आँबुखैरेनीमा उदाहरणिय कामहरु भएको पालिका अध्यक्ष शुक्र चुमानको दाबी

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । भौतिक बिकास, स्वास्थ र शिक्षा क्षेत्रमा तनहुँको आँबुखैरेनी गाउँपालिकामा उल्लेखनिय र उदाहरणिय कामहरु भएको आँबुखैरेनी गाउँपालिका शुक्र चुमानले दाबी गरेका छन् । अध्यक्ष चुमानले उक्त दाबी गाउँपालिकाको आर्थिक बर्ष २०८१/८२ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम गरेका हुन् । सार्वजनिक सुनुवाई कार्यक्रममा सर्वसाधारणहरुको प्रश्नको जवाफ दिदै अध्यक्ष चुमानले आँबुखैरेनी गाउँपालिकाले समानुपातिक बिकासमा विशेष ध्यान दिएकोले शहरभन्दा गाउँमा बढि बजेट निकासा गरेर भएपनि गाउँपालिकालाई भौतिक बिकासमा अगाडि बढाउन खोजेको उन्ले भनाई राखेका थिए । त्यसैगरि उन्ले धेरै जसो मानिसहरुले खासै केहि पनि हुदैन भनेर उपेक्षा गरिएको ऐना पहरा आज सबैको आर्कषणको केन्द्र मात्र होईन गाउँपालिकाको आयको राम्रो श्रोत भएको र ऐना पहराबाट मासिक ४ लाख आम्दानी भईरहेको बताएका थिए ।
कार्यक्रममा अध्यक्ष चुमानले मानसिक स्वास्थ विश्वको समस्या रुपमा देखिएकोले आँबुखैरेनी गाउँपालिकाले पनि चिकित्सक नियुक्त गरि अस्पातालबाट त्यस्को सेवा दिन लागेको बताएका थिए । गाउँपालिकामा भानैतिक निर्माण गरेर मात्र बिकास भएका मान्न नसकिने बताउदै उन्ले छिम्केश्वरीमा ठुलो ध्यान केन्द्र स्थापना गर्न लागेको पनि बताएका थिए । स्थानिय उत्पादनलाई जोड दिनुपर्ने बताउदै चुमानले गाउँपालिकाका वडा नं. ५ र ६ मा जस्तै अन्य वडाहरुमा पनि स्वास्थ्यलाई ख्याल गर्दै रासायिनिक मल प्रयोग नगरिकन खेतिपाति गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा विभिन्न टोल। संघसंस्था, स्थानिय नागरिकहरुले गाउँपालिकाको काम कारवाही बारेमा प्रश्न तथा जिज्ञाशा राख्नुका साथै गाउँपालिकाले बिकासको लागि गर्नुपर्ने विभिन्न कामहरुको बारेमा सल्लाह, सुझाव दिएका थिए ।
गाउँपालिकाकी उपाध्यक्ष दुर्गा अर्यालले स्वागत मन्तव्य राख्नुका साथै गाउपालिकाका प्रमुख प्रसाशकीय अधिकृत बिष्णु प्रसाद शर्माले गाउँपालिकाको प्रगति प्रतिवेदन पेश गरेको कार्यक्रममा कार्यपालिकाका सदस्यहरु, विभिन्न वडाका अध्यक्षहरु, सदस्यहरु लगायत आम जनमानसको सहभागिता रहेको थियो । कार्यक्रममको संयोजन उद्घोष संचार उद्योगले गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्