काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ मा १९ वर्षका युवा मृत अवस्थामा फेला परेका छन् । मंगलबार दिउँसो ३ बजेतिर खोरियागाउँमा निरोज लामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपाउनेले रातोपाटीलाई बताए ।
लामा उनका साथी २१ वर्षीय बादल तामाङको घरमा बस्दै आएका थिए । गएराति छुट्टाछुट्टै सुतेका उनीहरू ढिलासम्म नउठेपछि ढोका खोलेर हेर्दा मृत अवस्थामा भेटिएका हुन् । उनीहरू दुवैजना ट्याक्टर जोत्ने काम गर्थे ।
मृतकको निधारमा चोट देखिएको छ । बादल तामाङलाई सोधपुछको लागि नियन्त्रणमा लिइएको डीएसपी नेउपाउनेले बताए । गएराति दुवैजनाले मदिरा सेवन गरेको बादलले अनुसन्धान अधिकृतहरूलाई बताएका छन् ।








