तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ५ बेलचौताराको भानुभक्त बहुमुखी क्याम्पसको चौथों क्याम्पस सभा एवं दोस्रो अधिबेशनबाट संचालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रूपमा दुर्गा कुमार श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरि समितिको सदस्यहरुमा खुम बहादुर वि. क. (राजु), दिर्घ बहादुर थापा, धुव्र कुमार मल्ल, विमल रिमाल, रेशमलाल पौडेल, पूर्ण बहादुर थापा, शिव रेग्मी चयन भएका छन् । १५ सदस्यीय क्यापस संचालक मध्य चार सदस्य पदेन र तन सदस्य मनोनीत गर्ने ब्यवस्था छ । क्यापसमा हाल ४३ जना सदस्य रहेका छन् ।








