गण्डकी कोटिहोम महायज्ञको अवसरमा राष्ट्रिय भजन प्रतियोगिता हुने

सर्वज्योति
  • ख-
  • ख+

पाेखरा ।  आगामी बैशाखमा पोखरामा हुने श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको अवसरमा राष्ट्रिय भजन प्रतियोगिताको पनि आयोजना हुने भएको छ ।

गण्डकी प्रदेशमा नै हालसम्मको ठूलो भजन प्रतियोगिता हुन लागेको आयोजक श्री मानव सेवा फाउण्डेसन नेपालले जानकारी दिएकाे छ । पुरस्कार राशी तथा सहभागी संख्या दुवै हिसावमा संम्भबतः नेपालमा नै हालसम्मकै ठूलो भजन प्रतियोगिता महायज्ञको अवसरमा आयोजना गर्न लागेको महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्री कृष्ण मूर्ती जी महाराजले बताएका छन् ।

प्रथम पुरस्कार ३ लाख ५५ हजार ५५५

उक्त राष्ट्रिय भजन प्रतियोगितामा प्रथम पुरस्कार ३ लाख ५५ हजार ५५५ रुपैयाँ नगद सहित अन्य पुरस्कार वितरण गरिने छ । त्यस्तै द्वितीय हुने व्यक्ति वा समूहले २ लाख ५५ हजार ५५५ , तृतीय हुने व्यक्ति वा समूहले १ लाख ५५ हजार ५५५ र शान्वता हुने समूहले १ लाख ५५ हजार ५५५ रुपैयाँ नगद सहित अन्य पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट १० बिधामा १० ओटा समूहलाई २५ हजार ५५५ सहित प्रमाणपत्र र मायाको चिनो पनि प्रदान गरिने छ । त्यसैगरि पोखरा महानगरपालिका भित्रका ३३ वडाबाट सहभागी हुने समूहलाई ५ हजार प्रमाणपत्र र मायाको चिनो प्रदान गरिने छ । त्यस्तै कास्की जिल्लाभन्दा बाहिर गण्डकी प्रदेशका जिल्लाबाट सहभागी हुने प्रत्येक समूहलाई रु ११ हजार प्रमाणपत्र र मायाको चिनो प्रदान गरिने छ ।

प्रदेशभन्दा बाहिरको प्रदेशबाट सहभागी हुने समूहलाई १३ हजार प्रमाणपत्र र मायाको चिनो प्रदान गरिने छ भने देश बाहिर विदेशबाट सहभागी हुने प्रत्येक समूहलाई १५ हजार प्रमाणपत्र र मायाको चिनो प्रदान गरिने छ ।

उक्त प्रतियोगितामा कुनै पनि दर्ता शुल्क नलाग्ने आयोजकले जनाएको छ । प्रतियोगिता २०८२ साल बैशाख १५ गते देखि जेठ २० गतेसम्म सञ्चालन हुने छ । त्यस्तै समूह दर्ताको लागि फागुन १५ गते देखि बैशाख १ गते सम्म सम्पर्क गर्न सकिने जनाइएकाे छ ।

राष्ट्रिय भजन प्रतियोगिताको संयोजकको रुपमा वरिष्ठ लोकदोहोरी तथा भजन गायक, राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष प्रजापति पराजुली रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?