कांग्रेस सभापति देउवा भारत जाने

सर्वज्योति
  • ख-
  • ख+

पोखरा  नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भारतको प्रयागराज जाने भएका छन्।

उनी महाकुम्भको अवसर पारेर त्यहाँ आयोजना हुने ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलिटी’ मा सहभागी हुन लागेका हुन्।

इन्डिया फाउन्डेसनको आयोजनामा आगामी शुक्रबार र शनिबार हुने उक्त कार्यक्रममा सभापति देउवा वक्ताका रूपमा आमन्त्रित भएका छन्।

समिटमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहित विभिन्न क्षेत्रका विज्ञ तथा विशिष्ट व्यक्तिहरूको सहभागिता रहनेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?