प्रजातन्त्र दिवसको अवसरमा देवघाटधाम जेसीज र लियो क्लव देवघाट चौतारीको संयुक्त दीप प्रज्जवलन

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । ७५ औं प्रजातन्त्र दिवसको अवसरमा देवघाटधाम जेसीज तथा लियो क्लव देवघाट चौतारीको संयुक्त आयोजनामा बुधबार साँझदेवघाट गाउँपालिका कार्यालयको प्राङ्गणमा दीप प्रज्जवलन कार्यक्रम सम्पन्न भएको

देवघाटधाम जेसीज २०२५ का अध्यक्ष प्रशन्न ढकालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष तथा देवघाटधाम जेसिजका मानार्थ सदस्य तिल बहादुर थापा, विशिष्ट अतिथि देवघाट गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अध्यक्ष दिनेश सारु, देवघाट गाउँपालिका वडा नम्बर का वडाध्यक्ष तथा देवघाट गाउँपालिकाका प्रवक्ता एवम् देवघाटधाम जेसीजका मानार्थ सदस्य पूर्ण बहादुर कुँवर रहेका थिए।

कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर का वडा सदस्य यम बहादुर मगर, देवघाट गाउँपालिकाका प्रशासन प्रमुख गोविन्द प्रसादपौडेल, लेखा अधिकृत सरद न्यौपाने, इन्जिनियर तिर्थराज ढुङ्गाना, लेखापाल सञ्जय शर्मा लगायत अन्य कर्मचारीहरुको साथै देवघाटधाम जेसीज तथा लियो क्लब अफ देवघाट चौतारीका पदाधिकारीहरुको उपस्थिति रहेको थियो

देवघाटधाम जेसिज वर्ष २०२५ की तालिम आयुक्त तथा लियो क्लब अफ देवघाट चौतारीकी अध्यक्ष स्वस्तिका धितालको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि तील बहादुर थापाले राष्ट्रिय प्रजतन्त्र दिवस २०८१ को शुभकामना व्यक्त गरेकाथिए अध्यक्ष थापाले वीर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए

कार्यक्रमका अध्यक्ष देवघाट धाम जेसिज वर्ष २०२५ का अध्यक्ष जेसी प्रशन्न ढकालले वीर सहिदहरूको त्याग तपस्या बलिदानले गर्दानै प्रजातन्त्र, लोकतन्त्र हुँदै आज गणतन्त्र स्थापना भई हामीले स्वतन्त्रता पूर्वक बोल्न पाएका छौं आफ्ना विचारहरू राख्न पाएका छौंभन्ने धारणा राख्दै सहिदहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै कार्यक्रम समापन गरेका थिए

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्