चौथो शुक्लागण्डकी महोत्सवमा आज राजन, सरस्वती, लक्ष्मी र नवराजकाप्री भालेको प्रस्तुती रहने

सर्वज्योति
  • ख-
  • ख+

१० फागुन । तनहुँ । तनहुँको शुक्लागण्डकी–५ बेलचौतारामा जारी चौथो शुक्लागण्डकी महोत्सवमा आजबाट विभिन्न कलाकारले आफ्नो प्रस्तुती राख्ने भएका छन् । आज चर्चित लोकदोहोरी गायक राजन कार्की, सरस्वती लामिछाने, लक्ष्मी बानीया, हास्य कलाकार एवम् गायक नवराज काप्रि ‘धादिङ्गे भाले’ लगायतको प्रस्तुती रहने कलाकार व्यवस्थापन समिति संयोजक सुमन सापकोटाले जानकारी दिए ।
शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको ओजनामा फागुन २० गतेसम्म सञ्चालन हुने महोत्सवमा घरेलु, कृषि, व्यवसायिक, रेष्टुरेन्ट, सामाजिक संस्था लगायत कुल १ सय ७५ स्टल समावेश गरिएको छ । साथै राष्ट्रिय तथा स्थानिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती, लाईभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको पदयात्रा, खानाका परिकार, पुष्प प्रदर्शनी तथा विक्रि, दैनिक उपभोग्य बस्तुको प्रदर्शनी एव बिक्री, हस्तकलाका सामान विक्रि तथा प्रदर्शनीलाई समावेश गरिएकोे संघका महासचिव एवम् प्रवक्ता सुजन श्रेष्ठले जानकारी दिए । महोत्सवमा पालिकास्तरीय भलिबल प्रतियोगिता, रत्यौली प्रतियोगिता, कौरा नृत्य, विद्यालयस्तरीय खुला नृत्य प्रतियोगिता समेत समावेश गरिएको छ ।
सम्पूर्ण वडा व्यवस्थापन समिति र महिला उद्यमी विकास समितिको सह–आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन वोर्डको प्रवद्धनमा महोत्सव भएको हो । महोत्सव अवधिभर २ लाख दर्शकको सहभागिता र करिव ५ करोड रुपैयाको आर्थिक कारोवार हुने अनुमान छ । महोत्सवको शुक्रवार पूर्व मन्त्री एवम् प्रतिनिधी सभा सदस्य शंकर भण्डारीले उद्घाटन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्