नेपाल विद्यार्थी सङ्घ तनहुँको पदस्थापन तथा प्रथम ऐतिहासिक बैठक सम्पन्न

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । नेपाल विद्यार्थी सङ्घ तनहुँको पदस्थापन तथा प्रथम ऐतिहासिक बैठक सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता नेपाल विद्यार्थी सङ्घ तनहुँका अध्यक्ष आशिष कैनीले गगरेका थिए । नेपाली कांग्रेस केन्द्रीय सदस्य ध्रुव वाग्लेका प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथि नेपाली कांग्रेस तनहुँका निवर्तमान पार्टी सभापति बैकुण्ठ न्यौपाने, विशिष्ट अतिथि नेपाली कांग्रेस तनहुँका पूर्व पार्टी सभापति रघुनाथ पौडेल, विशिष्ट अतिथि नेपाली कांग्रेस तनहुँका उपसभापति राजेन्द्र कृष्ण श्रेष्ठ, अतिथिहरू नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनाल, नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ का क्षेत्रीय सभापतिहरू श्याम कुमार मौराती र चुणामणी खनाल , नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा गण्डकी प्रदेश सांसद अशोक कुमार श्रेष्ठ, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठी ,नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ख का सभापति काजीमान श्रेष्ठ , नेपाली कांग्रेस व्यास नगरका सभापति सूर्य चन्द्र हड्खले , नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुनिल मिश्र, नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ख का सचिब हरिशरण खनाल , रिसिङ गाउँपालिकाका उपाध्यक्ष गिनु थापा , ने का क्षेत्र नं २ का सह सचिव याम सारु तथा तथा नेपाल विद्यार्थी सङ्घका जिल्ला सदस्यहरूको उपस्थितिमा रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्