प्रधानमन्त्री केपी  ओलीको जन्मदिन मनाउदै काठमाण्डौमा सुरु भयो केपी ओली कप

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण सुरु भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुन लागेको यो प्रतियोगिताका क्वाटरफाइनलसम्मका खेलहरू सातदोबाटोस्थपत एन्फा कम्प्लेक्समा खेलाइने र सेमिफाइनल तथा फाइनल खेल दशरथ रंगशालामा खेलाइने आयोजक राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले जानकारी दिए ।

केपी ओली कपमा विश्वकै ख्याती प्राप्त खेलाडीलाई ल्याएर ईन्डोर्समेन्ट गर्ने युवा संङका अध्यक्ष थेबेले बताए ।

प्रतियोगितामा सहभागिताको लागि खुल्ला आह्वान गरिने पनि आयोजकले जनाएको छ । नेपालका ए डिभिजन र विदेशी प्रतिष्ठित टिमहरुलाई प्रतियोगितामा सहभागी गराइने आयोजकले जनाएको छ । भुटान र भारतबाट पनि टिम आउने कुरा भइरहेको अध्यक्ष थेबेले बताए ।

प्रतियोगिताको विजेताले नगद १५ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै उपविजेताले ५ लाख हात पार्नेछ । यसैगरी उत्कृष्ट खेलाडीले नगद १ लाख, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई समान ५० हजार तथा उत्कृष्ट उदीयमान खेलाडीलाई पनि ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।

हरेक खेलको विजेता टिमलाई २५ हजार र हरेक खेलको प्लेयर अफ दि म्याचलाई १५ हजार प्रदान गरिनेछ ।

खेलकुद क्षेत्रमा ‘समस्या हैन, सम्भावना छ’ भन्ने कुरालाई उजागर गर्दै युवा संघले दुई वर्ष अगाडिदेखि केपी ओली कप फुटबल सुरु गरेको थियो ।

केपी ओली कपको यसअघि भएका दुवै संस्करणको उपाधि मच्छिन्द्र एफसीले जितेको थियो ।

प्रतियोगितामा ए डिभिजन क्लब र विदेशी क्लब गरी ९ टोलीको सहभागिता हुने युवा संघले जनाएको छ ।

६ वटा ए डिभिजन क्लब, दुई विदेशी तथा एक आयोजक क्लब गरी ९ टिमले प्रतियोगितामा भाग लिएका छन् ।

उद्धघाटन खेलअघि प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन एन्फा कम्प्लेक्समै मनाइएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्