तनहुँ । तनहुँको भानु नगरपालिकाले ४३ औं नेपाल मगर दिवसमा स्थानिय बिदा दिने नि(र्णय गरेको छ । नगरपालिकाले ४३ औं नेपाल मगर दिवसको अवसरमा आगामी फागुन १५ गते बिहिवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । उक्त दिन भानु नगर कार्यपालिकाको कार्यालय , सेवा कार्यालय , सम्पूर्ण विद्यालय, नगरपालिका भित्र संचालित सरकारी संस्थामा स्थानीय बिदा दिने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।









