बागलुङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु ५ जना घाईते

सर्वज्योति
  • ख-
  • ख+

पोखरा । बागलुङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

सोमबार साँझ ६ बजे बागलुङको बडीगाड गाउँपालिका-९ दर्लिङस्थित भित्री सडकखण्डमा लु ३ च ५५६९ नं.को पिकअप भ्यान उकोलोमा ब्रेक फेल भई दुर्घनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी विजय यादवले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा निसीखोला गाउँपालिका वडा नम्बर-७ चोलाङका ७५ वर्षीय खड्कबहादुर कुँवर र ढोरपाटन नगरपालिका वडा नम्बर ५ नाथुरेका ३५ वर्षीय जुना कँडेल रहेका छन् ।

यस्तै जीप दुर्घटनाबाट घाइते हुनेमा बागलुङको बडिगाड गाउँपालिका-९ का ६३ वर्षीया तेज कुमारी बुढा, बडिगाड-९ खहरे बस्‍ने ५० वर्षीया निमसरा बुढा, ५२ वर्षीया यम कुमारी पौडेल, बडिगाड(९ खहरेका ३० वर्षीया सिता पौडेल र बडिगाड-९ खहरेका हिमाल घर्ती मगर (चालक) छन् ।
नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्