कोठामा अचेत भेटिएका मन्त्रीका स्वकीय सचिव थापाको मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । साथीको कोठामा अचेत अवस्थामा फेला परेका बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको उपचारको क्रममा मृत्यु भएको छ ।
प्रहरीका अनुसार कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा उनको सोमबार राति मृत्यु भएको हो ।
धादिङको धुनीबेसी नगरपालिका-९ घर भएका ३६ वर्षीय थापा कलंकीस्थित साथीको कोठामा अचेत भेटिएका थिए ।
धादिङको धुनीबेसी नगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-१४ लिगमार्गस्थित कलंकीमा कोठा लिएर बसेका शिव कुँवरको कोठामा उनी अचेत भेटिएका हुन् ।
उनलाई उपचारका लागि सहिद मेमोरियल अस्पताल लगिएको थियो । उपचारको क्रममा अस्पतालमै उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले बताए ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

 

साभारः अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्