स्वर्गिय गोवर्दन शर्मा अर्गानिक केन्द्रको पहलमा व्यासमा माटो परिक्षणः व्यासमा अर्गानिक खेतिलाई प्रोत्साहन गर्ने लक्ष्य

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । नेपाली कांग्रेसका पुराना नेता स्वर्गिय गोवर्दन शर्माको स्मृतिमा स्थापित स्वर्गिय गोवर्दन शर्मा अर्गानिक केन्द्रको पहलमा व्यास नगरपालिकाका ४ वडा किसानको बारीको माटो परिक्षण गरिएको छ । व्यास नगरपालिकाले तरकारीको पकेट क्षेत्रको रुपमा बिकास गर्न लागेको व्यास नगरपालिकाका वडा नं ७, ९, १० र १२ का व्यवसायिकरुपमा तरकारी खेति गरिरहेका किसानहरुको बारीको माटो परिक्षण गरिएको हो । माटो तथा मल परिक्षण प्रयोगशाला पोखराको आर्थिक सहयोग तथा प्राविधिक सहयोगमा गरिएको माटो परिक्षणमा व्यास ७, ९, १० र १२ का १०४ जना किसानको बारीको माटो परिक्षण गरिएको छ । माटो परिक्षण गर्दा किसानहरुले के कस्तो तरकारी लगाउनु उपर्युक्त हुन्छ ? माटोमा कति खाद्य तत्व छ, तरकारी तथा अन्य खेतिको लागि आवश्यक तत्वको बारेमा जान्न पाउने र त्यसै अनुरुपको मलखाद प्रयोग गर्न पाउने भएकोले माटो परिक्षण अत्यन्त महत्वपूर्ण भएको व्यास नगरपालिका कृषि बिकास उप शाखाकी कृषि अधिकृत समिक्षा पोखरेलको जानकारी दिएकी छिन् ।
माटो तथा मल परिक्षण प्रयोगशाला पोखराबाट खुबराज बरालको नेतृत्वमा आएको टोलीले अत्यन्तै कुशलतापूर्वक माटो परिक्षण गरेको र व्यास नगरपालिकाले पहिलो चरणमा समुहले वडा नं. ७, ९, १० र १२ मा तरकारी पकेट क्षेत्रका किसानहरुको बारीको माटो परिक्षण गरेपनि व्यास नगरपालिकाभरि नै अर्गानिक तरकारी खेतिलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ व्यास नगरपालिकाको कार्यालय अगाडि बढेको र स्वर्गिय गोवर्दन शर्मा अर्गानिक केन्द्रले पनि त्यसमा हातेमालो गरेको व्यास १० का अध्यक्ष खेमराज पोखरेलले जानकारी दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्