संस्कृति संरक्षणका लागि रत्यौली, प्रतिभा प्रस्फुटन गर्न नृत्य प्रतियोगिता गर्दै चौथो शुक्लागण्डकी महोत्सव

सर्वज्योति
  • ख-
  • ख+

दुलेगौंडा, १५ फागुन । चौथो शुक्लागण्डकी महोत्सवको अवसरमा खुल्ला रत्यौली गीत र विद्यालयस्तरीय खुल्ला नृत्य प्रतियागिता आयोजना गरिएको छ । रत्यौलीतर्फ १६ वटा समुहले दर्ता गराएको संयोजक रजनि थापाले जानकारी दिइन् ।
महोत्सवमा नेपाली विवाहको महत्वपूर्ण पाटो मानिने रत्यौली प्रर्दशर्न आकर्षण बनिरहेको उनले उल्लेख गरिन् । आमा समूहहरुले मौलिकता देखिने गरी प्रस्तुत गरेको रत्यौलीले दर्शकमा विवाहकै झल्को दिने गरेको छ । महिला आफैंले बाजा बजाउने, जन्ती जाने, दुलहादुलहीसमेत बनेर विवाहको झल्को दिंदै रत्यौली गीत र नाचमा दर्शक समेत छमछमी नाचेका थिए । रत्यौली गीतलाई संरक्षण, सम्बद्र्धन र प्रर्वदन गर्ने उद्देश्यले यस्ता प्रतियोगितालाई समावेश गरिएको थापाले बताईन् । प्रतियोगितामा प्रथम हुने समुहले नगद २५ हजार, द्धितीयले २० हजार, तृतीयले १५ हजार सान्त्वना हुने समुहले नगद ७ हजार रुपैया पाउने थापाले जानकारी दिइन् । हालसम्म ४ वटा समुहको प्रस्तुती सकिएको छ । विहिवार दुई समुहको प्रस्तुती रहने उनले बताईन् ।
यसैगरी विद्यालयस्तरीय खुल्ला नृत्यतर्फ ११ जना सहभागिमध्य ४ जना बाहिरिएका छन् । विहिवार २ जना बाहरिएको प्रतियोगिता संयोजक गंगाराम श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा प्रथम हुनेले नगद ३० हजार, द्धितीयले २० हजार र तृतीयले १० हजार साथमा प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा साना बालबालिकादेखि ठुला र सामुहिक नृत्य पनि समावेश रहेको श्रेष्ठले बताए । स्थानीय कलाकारको प्रतिभा प्रस्फुटन गर्ने थलो बनेको महोत्सव कलाकारको प्रस्तुतिले संगीतमय बनेको उपमहासचिव विर्सना श्रेष्ठको भनाई छ ।
शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको ओजनामा फागुन २० गतेसम्म सञ्चालन हुने महोत्सवमा घरेलु, कृषि, व्यवसायिक, रेष्टुरेन्ट, सामाजिक संस्था लगायत कुल १ सय ७५ स्टल समावेश गरिएको छ । साथै लाईभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको पदयात्रा, खानाका परिकार, पुष्प प्रदर्शनी तथा विक्रि, दैनिक उपभोग्य बस्तुको प्रदर्शनी एव बिक्री, हस्तकलाका सामान विक्रि तथा प्रदर्शनीलाई समावेश गरिएकोे संघका महासचिव एवम् प्रवक्ता सुजन श्रेष्ठले जानकारी दिए । महोत्सवमा पालिकास्तरीय भलिबल प्रतियोगिता, कौरा नृत्य, समेत समावेश गरिएको मुल संयोजक समुन्द्रराम श्रेष्ठले बताए ।
सम्पूर्ण वडा व्यवस्थापन समिति र महिला उद्यमी विकास समितिको सह–आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन वोर्डको प्रवद्धनमा महोत्सव भएको हो । महोत्सव अवधिभर २ लाख दर्शकको सहभागिता र करिव ५ करोड रुपैयाको आर्थिक कारोवार हुने अनुमान छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्