फोटोग्राफार अनिल रञ्जितको पहिलो कृति सार्वजनिक

रिदेन महर्जन
  • ख-
  • ख+

काठमाडौं । चर्चित फोटो पत्रकार अनिल रञ्जितको ‘रेजिस्ट्यान्स अफ खोना (खोकना) दि स्ट्रगल अगेन्स्ट ल्यान्ड इन्क्रोचमेन्ट’ बहुभाषिक पुस्तक सार्वजनिक भएको छ ।

गत शुक्रबार सार्वजनिक गरिएको कार्यक्रममा ललितपुर महानगरापलिकाका मेयर चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा पुस्तकको विमोचन गरिएको थियो ।

पाटन सङ्ग्रहालमा लोकार्पण गरिएको पुस्तक नेपाली, नेपाल भाषा र अङ्ग्रेजी गरी तीन भाषामा लेखिएको छ । अमेरिकाका मेरिल्यान्डमा कर्मभूमि बनाएका रञ्जितको यो पहिलो कृति हो । मेयर महर्जनले सम्पदाप्रेमीहरुका लागि यो पुस्तक अमूल्य दस्तावेज रहेको जानकारी गराए । मेयर महर्जनले खोकनासहित बुंगमति र सुनाकोठीलाई सांस्कृतिक नगर घोषणा गर्न प्रस्ताव गरिसकेको जानकारी समेत दिए । यसका साथै सम्पदा सम्बन्धमा ललितपुर महानगरपालिकाले जिरो टोलरेन्सको नीति अपनाएको धारणा राखे । खोना (खोकना) काठमाडौं उपत्यकाको धार्मिक, एैतिहासिक तथा सांस्कृतिक रुपमा समृद्ध नेवार बस्ति हो ।

यद्यपि अहिले खोकनाबासी अझै पनि आफ्नो सांस्कृतिक धरोहरलाई बचाउन सङघर्षरत छन् । यो ऐतिहासिक ठाउँलाई काठमाडौं–तराई एक्सप्रेसवे (फास्ट ट्रयाक) जस्ता परियोजनाले पनि गम्भीर प्रभाव पारेको छ । लेखक रञ्जितले खोकनाका यिनै विविध विषयलाई लिएर करीब पाँच वर्षको अध्ययनपछि यो पुस्तक तयार पारेका हुन् ।

रञ्जितका अनुसार यस पुस्तकमा खोनाको सांस्कृतिक पक्षलाई मात्र नभई ‘दमन’ र ‘हाखः’ जस्ता सामुदायिक आन्दोलन र असार २० धान रोपाईँ प्रतीकात्मक विरोध जस्ता विरोध प्रदर्शनको घटनालाई पनि उजागर गर्ने प्रयास गरिएको छ ।

लेखकद्वय रन्जितले खोकनाको पहिचान सिंगो आदिबासी पहिचान भएकाले अहिले शहरी अतिक्रमण, कृष्ण ह्रास, सिकाली पर्वमा सहभागिता, आफ्नो भूमिको दोहनविरुद्धको विरोध प्रदर्शनलाई सो पुस्तकमा समावेश गरिएको छ ।

कार्यक्रममा वल्र्ड नेवाः अर्गनाइजेसन नेपाल च्याप्टरका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले नेपालमा आदिवासी नेवार समुदायले भोगेका व्यापक समस्याबारे जनचेतना जगाउने प्रयास गरिएको जनाए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्