तनहुँ । प्रतिबन्धित लागु औषध सहित तनहुँको आँबुखैरेनीका २ युवा पक्राउ परेका छन् । २३ गतेका दिन करिब ३ बजेका समयमा तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटार स्थित पृथ्वी राजमार्ग सडकखण्डमा मुग्लिन तर्फबाट आँबुखैरेनी तर्फ शंकास्पद अवस्थामा पैदल आउदै गर्दा आँबुखैरेनी १ का २२ बर्षिय को मदन गुरुगं र २१ बर्षिय प्रज्वल गुरुगं पक्राउ परेका हुन् । निजहरुको साथमा पोलिथिनले पोको पारी लुकाई छिपाई राखेको अवस्थामा नियन्त्रित लागु औषध Tramadol क्याप्सुल फेला पारी पारिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी निरिक्षक राजु अधिकारीले जानकारी दिएका छन् । साथै निजहरूलाई नियन्त्रणमा लिई सम्मानित तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमिति लिई थप अनुसान्धान भईरहेको पनि सूचना अधिकारी एवं प्रहरी निरिक्षक अधिकारीले जानकारी दिएका छन् ।








