पोखराका युवा अनमोल रिमाल लागु औषधसहित तनहुँमा पक्राउ

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । पोखराका युवा अनमोल रिमाल लागु औषधसहित तनहुँमा पक्राउ परेका छन् । फागुन २५ गते बिहान करिब ५ः४५ बजेको समयमा आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटार स्थित पृथ्वी राजमार्ग सडकखण्डमा मुग्लिन तर्फबाट आँबुखैरेनी तर्फ आउदै गरेको बा.५ ख. ६९६ बसलाई रोकी चेक जाँच गर्ने क्रममा सो बसमा सवार रहेका जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं ४ घर भएका बर्ष २३ को अनमोल रिमाललाई पक्राउ गरिएको हो । रिमालको झोला भित्र कपडाले लपेटी लुकाई छिपाई राखेको अवस्थामा नियन्त्रित लिईएको लागु औषध त्चबmबमय ि५०० क्यापसुल फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी निरिक्षक राजु अधिकारीले जानकारी दिएका छन् । पक्राउ पश्चात सम्मानित तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमिती लिई थप अनुसान्धान भईरहेको सूचना अधिकारी एवं प्रहरी निरिक्षक अधिकारीले जानकारी दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्