माटो खन्दा ढिस्कोले पुरिएर देउरानी जेठानीको मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

कैलाली । माटोको ढिस्कोले पुरिँदा अछाममा एकैघरका दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको मंगलसेन नगरपालिका  -८ सुतुडाका दुई जनाको वडा नम्बर(-९ पान्लिभिडमा चैतेदसैंका लागि घर लिपपोत गर्नका लागि माटो ल्याउन जाँदा ढिस्कोले पुरिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी ईश्वरीप्रसाद भण्डारीले जनाकारी दिए ।

उनका अनुसार एकै घरका २७ वर्षीया जेठानी देउरुपा बोहरा र २३ वर्षीया देउरानी बिनिता बोहराको मृत्यु भएको हो ।

उनीहरू दिउँसो माटो खन्ने क्रममा ढिस्को खसेर पुरिएका थिए ।

नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्