भक्तपुरको गट्ठाघरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

२८ फागुन, काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ गट्ठाघरमा टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुर नगरपालिका–६ का ३६ वर्षीय श्यामकृष्ण कायस्थ छन् । कायस्थले चलाएको बागमती प्रदेश–०३–००१ ख १८८४ नम्बरको मोटरसाइकलाई बा ३१ प ४४४ नम्बरको टिपरले बुधबार पौने ४ बजे ठक्कर दिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ढुण्डिराज नेउपानेले बताए ।

भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको उक्त मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको टिपरले ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि भक्तपुर इन्टरनेसनल अस्पताल लगिएको थियो । डाक्टरले उनलाई १४ः९ बजे मृत घोषणा गरेको प्रवक्ता नेउपानेले बताए ।

प्रहरीले टिपर चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ घर भएका ४७ वर्षीय चन्द्रलाल शाक्यलाई पक्राउ गरेको छ ।
अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?