
तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं ३ लाई वडा कार्यालय निर्माणका लागि सरकारी जग्गा दिने मन्त्रीपरिषद् ले निर्णय गरेको छ । लामो समयदेखि आफ्नो भवन नभएको व्यास ३ लाई जिल्ला समन्वय समितिका नाममा दर्ता रहेको तनहुँ जिल्ला साविक फराकचौर गाविस वडा नं ९ ग को क्षेत्रफल ०–६–०–० (छ आना) सरकारी जग्गावडा कार्यालय भवन निर्माणका लागि उपयोग गर्न स्वीकृति दिने आज बसेको मन्त्री परिषदले निर्णय गरेको हो ।