शेखर कोईराला पक्षको नेविसंघ तनहुँको समानान्तर समिति विघटन

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ ।नेपाल विद्यार्थी संघ ९ तनहुँको शेखर कोईराला पक्षको समानान्तर समिति विघटन गरिएको छ।
ने. वि. संघ तनहुँ सस्थापन पक्षका जिल्ला अध्यक्ष आशिष कैनीको नेतृत्वमा संगठनलाई एकीकृत गर्दै अगाडि बढाउने निर्णय गरि सो संगठन विघटन गरिएको छ । यसै क्रममा शेखर कोईराला पक्षका प्रतिनिधि सोन आलेले जिल्ला अध्यक्ष आशिष कैनीलाई समाहित पत्र बुझाएको आशिष कैनीले जानकारी दिएका छन् ।
संगठनभित्र एकता कायम गर्दै आगामी गतिविधि अघि बढाउने उद्देश्यका साथ समितिलाई समाहित गरिएको जिल्ला अध्यक्ष कैनीले बताए । शेखर पक्षको नेविसंघको समानान्तर समिति समाहित भएसगै दुवै पक्षले संगठनलाई एक ढिक्का बनाउँदै अगाडि बढ्ने लक्ष्य लिएको बताएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?