
तनहुँ । तनहुँको डुम्रेमा जारी चौंथो डुम्रे साँस्कृतिक महोत्सवमा आज बद्री पंगेनी , सृजना खत्री , मञ्जु विक लगायतका कलाकारको प्रस्तुति रहने भएको छ ।
हरेक दिन राष्ट्रिय कलाकार ल्याइ दर्शकको मन जित्दै आएको महोत्सवमा सुक्रवार पंगेनी लगायतका राष्ट्रिय तथा स्थानीय चर्चित कलाकार आउने महोत्सव कलाकार संयोजक सुनिल श्रेष्ठले बताए ।
महोत्सवमा फागुपुर्णिमाको अवसरमा बिहिवार साँझ लाइभ कन्सर्ट भएको थियो । पछिल्लो समय निकै चर्चित र हजारौं दर्शकको रोजाइमा पर्न सफल ब्ल्याकफेदर लाइभ कन्सर्टमा सयौं दर्शकहरूले भरपुर मनोरञ्जन लिएका कलाकार सँयोजक श्रेष्ठले जानकारी दिए । युवाहरूको चाहनालाई ध्यानमा राखी चर्चित लाइभ कन्सर्ट राखिएको थियो ।
यस्तै महोत्सवमा फरक अनुभवको आनन्द दिन ल्याइएको सुनामी पिङ दर्शकहरूको रोजाइको खेल बनेको छ । सुनामी खेल खेलेर दर्शकहरूले थप फरक मनोरञ्जन लिएका छन् ।यस्तै महोत्सवमा डुङ्गा चढ्न पाइने व्यवस्था मिलाइएको छ । विभिन्न रमाइलो मेलाका अतिरिक्त चुँदी खोलामा ताल बनाएर एकसय रूपयाँमा डुङ्गा चढ्न पाइने भए पछि दर्शक त्यसतर्फ समेत आकर्षित भएको महोत्सवका प्रवक्ता सुवोध अधिकारीले बताए । हिमालयन रिभर अपरेटर कम्पनीको दुईवटा डुङ्गा दर्शकहरूको लागि राखिएको छ ।
यस्तै महोत्सवमा खुला दोहोरी प्रतियोगिता समेत भइरहेको छ । महोत्सवमा हरेकदिन ख्यातिप्राप्त कलाकार आएपछी दर्शकको चाप पनि दिनदिनै बढेको छ । यस्तै आयोजकले महोत्सव प्रवेशमा बिहान ११ बजेसम्म निः शुल्क प्रवेशको व्यवस्था मिलाएपछि पनि दर्शक बढेका छन् । महोत्सवमा आउने दर्शकहरूलाइ विभिन्न किसिमका सुविधा दिएको आयोजकले प्रवेश पास समेत निः शुल्क व्यवस्था मिलाएको हो । यस्तै महोत्सवमा जेष्ठ नागरिक तथा १० वर्ष मुनिका बच्चालाई समेत निशुल्क गरिएको महोत्सवका सहनिर्देशक राजेन्द्र पियाले बताए । यस्तै महोत्सव उद्घाटनका दिन व्यानर लिएर आउने आमा समूह लगायतका संघसंस्थाका प्रत्येक टिमलाई १० वटा पास पनि निः शुल्क छुट्याइएको पियाले जानकारी दिए ।
व्यापारिक, सांस्कृतिक, पर्यटकीय विकासको नारा, डुम्रे महोत्सवको अभिभारा ” भन्ने मुख्य नारा सहित बुधबारबाट सुरु भएको महोत्सव भानु नगरपालिका वडा नं १ को पुल्चोकमा भइरहेको छ ।
तनहुँ उद्योग वाणिज्य संघ, डुम्रे बजार इकाइको आयोजनामा भएको महोत्सवले यस क्षेत्रका आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने लक्ष्य राखिएको छ । महोत्सवमा याम्पाको ताजा तरकारी र दुधका ताजा परिकारहरू राखिएको छ। दुधका परिकार र ताजा तरकारी राख्ने गरि कृषकहरूलाई आयोजकले निः शुल्क स्टल दिए पछि दर्शक एवम् ग्राहकले उक्त सुविधाको लाभ लिएका छन् ।