म्याग्देमा उद्योगी तथा व्यवसायीहरुको लागि प्रशिक्षण तथा व्यवसायिक अभिमुखिकरण कार्यक्रम सम्पन्न

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकामा मा उद्योगी तथा व्यवसायीहरुको लागि प्रशिक्षण तथा व्यवसायिक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । तनहुँ उद्योग बाणिज्य संघ थर्पु बजार ईकाईको आयोजनामा स्थानीय तहको कर, राजश्व, व्यवसाय दर्ता तथा सूचीकरण,खाद्य सुरक्षा र गुणस्तर व्यवस्थापन बिषयक प्रशिक्षण तथा व्यवसायिक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमको उद्घाटन पुर्वमन्त्री तथा तनहुँ क्षेत्र नं २ का सांसद शंकर भण्डारीले गरेका थिए । तनहुँ उद्योग बाणिज्य संघ थर्पु बजार ईकाई समितिका सभापति सुन्दरमणि अधिकारी,को सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन गर्दै सांसद भण्डारीले दैनिक जिवनमा प्रयोग हुने बस्तुहरुको ऊत्पादनमा गाउँ पालिकाले जोड दिनुपर्ने बताएका थिए । युवाहरुलाई कसरी रोक्न सकिन्छ त्यो बारेमा सबैले सोच्नुपर्ने अवस्था आएको उक्त अवसरमा सांसद भण्डारीले बताएका थिए । राज्यले युवाहरुलाई राज्यले आव्हान गरेर व्यवसाय गर्न प्रेरित गर्नुपर्ने निती ल्याउनुपर्ने भण्डारीले बताएका थिए । अहिलेको झैं युवापुस्ता बाहिरिने हो भने देश बनाउन गार्‍हो हुने अवस्था श्रृजना भईरहेको र त्यस्को लागि व्यापारी व्यवसायी सबै मिलेर लाग्नुपर्ने बताएका थिए ।
उक्त प्रशिक्षण तथा व्यवसायिक अभिमुखिकरण कार्यक्रममा म्याग्दे गाँउपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे, म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारी, तनहुँ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तेजकुमार मल्ल लगायत अन्य महानुभावहरुको उपस्थिति रहेको थियो।
प्रशिक्षण तथा व्यवसायिक अभिमुखिकरण कार्यक्रमले म्याग्देको व्यापार व्यवसाय बृद्धिका साथै नियम कानुनको बारेमा सहभागीले लाभ प्राप्त गरेको सहभागीहअरुको धरारण रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्