दमौलीको ग्रीन डेभलपमेन्ट बैकद्वारा ग्लोबल मनी विकमा वित्तीय साक्षरता कार्यक्रम संचालन

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको सदरमुकाम दमौलीमा रहेको ग्रीन डेभलपमेन्ट बैकले ग्लोबल मनी विक २०२५ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ ।

ग्लोबल मनी विक २०२५ अन्तर्गत बैकको दमौली शाखाले चैत्र ४ व्यास ५ चापाघाटमा रहेको श्री शान्ति वर्ष माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरे पश्चात् चैत्र ५ गते दमौली बजारको श्री सत्यवती माध्यमिक विद्यालयमा पनि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रममा सहभागी विद्यार्थीहरुले वित्तीय साक्षरताको बारेमा धेरै नै जान्ने बुझ्ने मौका पाएको दमौली शाखाका प्रबन्धक  सुदिप न्यौपाने बताएका छन् । वित्तीय साक्षरता कार्यक्रमबाट लाभ लिएका विद्यार्थीहरु प्रक्टिकल्ली  ज्ञान लिनका लागि केही ग्रीन डेभलपमेन्ट बैकको दमौलीस्थित शाखा कार्यालयको पनि भ्रमण गरेको शाखा प्रबन्धक न्यौपानेले  जानकारी दिएका छन् । साथै समाजमा वित्तीय क्षेत्र सम्बन्धि ज्ञान तथा जनचेतना फैलाउन पनि बैक सधै लागिरहने  प्रबन्धक न्यौपानेले बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्