ग्यास सिलिन्डर पड्किएर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

कैलाली । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा ग्यास सिलिन्डर पड्किएर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । २ चैतमा सिलिन्डर पड्किदा घाइते भएकी धनगढी उपमहानगरपलिका–६ मट्यारी बस्ने ३६ वर्षीया मिना खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० कबिन्द्र सिंह बोहराले काठमाडौं कीर्तिपुरको बर्न अस्पतालमा उपचारका क्रममा शनिबार खड्काको मृत्यु भएको जानकारी दिए । उनकाअनुसार अन्य दुई जना घाइतेको पनि काठमाडौंमै उपचार भइरहेको छ ।

मृतककी छोरी २० वर्षीय चन्द्रा खड्का र ग्यास बिक्रेता स्थानीय व्यापारी ४० वर्षीय गोविन्दराज जोशी उपचाररत छन् । जोशीको पसलबाट ग्यास सिलिन्डर खरिद गरेकी खड्काले उनलाई नै जोड्नका लागि बोलाएकी थिइन् । सोही क्रममा सिलिन्डर पड्किएपछि उनीहरु तीनै जना घाइते भएका थिए ।

अनलाईन खबर

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्