आँबुखैरेनी गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्नः २०८२ दशै सम्ममा हिलेखर्कमा कालोपत्रे सडक पुग्ने अध्यक्ष चुमानको भनाई

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । आँबुखैरेनी गाउँपालिकाले आर्थिक बर्ष २०८१÷८२ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । आँबुखैरेनी गाउँपालिका वडा नं. ६ हिलेखर्कमा बिहीबार आयोजित कार्यक्रममा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शुक्र चुमानले आँबुखैरेनी गाउँपालिकाको वडा नं. ६ को हिलेखर्क सम्म २०८२ दशै सम्म कालोपत्रे सडकको पहुँच पु¥याउने बताए । आँबुखैरेनीको वडा नं.६ मा अहिले सम्म कालेपत्रे सडक पुग्न सकेको छैन् । अध्यक्ष चुमानले सडकको स्तर उन्नतीको लागी ६ करोड विनियोजन भएर ठेक्का बन्दोबस्त भएको बताउँदै रकम अपुग भए थप ब्यवस्था गरेर भएपनि वडा नं. ६ को कार्यालय सम्म सडक कालेपत्रे गर्ने बताए ।
कार्यक्रममा बोल्दै गाउँपालिकाले गाउँमा करोडौ रुपया खर्च गरेर विकास गर्ने तर गाउँलेहरु शहर झर्ने क्रम रोकिनुपर्ने बताए । सडक, शिक्षा ,खानेपनी, पर्यटन र कृषि क्षेत्रमा गाउँपालिकाको प्राथमाकिताका साथ लगानी गरेको बताउँदै गाउँमै उद्यम गरेर आत्मनिर्भर बन्न आवश्यक रहेको उनले बताए । कार्यक्रममा गाउँ पालिकाकी उपाध्यक्ष दुर्गा आर्यालले स्वागत मन्तब्य राख्दै सार्वजनिक सुनुवाई कार्यक्रमको औचित्य बारे प्रकाश पारेकी थिइन् । उनले सार्वजनिक सुनुवाई कार्यक्रमले गाउँपालिका बासी र जनप्रतिनिधवीच सेवा प्रवाहमा थप सुधार ल्याउन सहयोग पुग्ने बताइन् । कार्यक्रममा गाउँ पालिकाकी प्रशासकीय अधिकृत शर्मिला अधिकारीले चालु आर्थिक बर्षको फागुन मसान्त सम्म गाउँपालिका र मातहतका कार्यालयमा भएका सेवा प्रवाह र कार्य सम्पादनहरुको बारेमा कार्यक्रमका बारेमा जानकारी गराएकी थिइन् । कार्यक्रममा स्थानीयहरुले विभिन्न किसिमका जिज्ञासाहरु राखेका थिए ।
खानेपनीको भरपर्दो ब्यवस्थापन, हिलेखर्क सम्म पक्की सडकको माग गरेका थिए । सहभागिहरुले गाउँपालिकाले ग्रमाणि क्षेत्रमा शिक्षामा गरेको लगानीको प्रसंसा गरेका थिए । हिलेर्कलाई पर्यटकीय गाउँको रुपमा विकास गर्न गाउँपालिकाले गरेको प्रयासलाई धन्यवाद समेत दिएका थिए ।
कार्यक्रममा बोल्दै आँबुखैरेनी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष दिलिप गुरुङ्गले गाउँपालिकाले शिक्षा स्वास्थ्य क्षेत्रमा गरेका प्रयासको बारेमा जानकारी गराए ।
गाउँपालिकाले हिलेखर्कमा विद्याथीहरुलाई छात्रावास निर्माण भएको दिवा खाजामा सट्टा खानाको ब्यवस्था गरिएको उनले बताए । हिलेखर्कमा चियाबगान, रैथाने बालीको संरक्षण लगायतका क्षेत्रमा गाउँपालिकाले काम गरेको उनले बताए । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्मा, वडा नं. १ का अध्यक्ष प्रेम बहादुर गुरुङ्ग, वडा नंं.२ का अध्यक्ष आश बहादुर गुरुङ्ग, वडा नं. ३ का अध्यक्ष दिनेश के. सी. , कार्यपालिकाका सदस्य,कार्यालय अन्तर्गत रहेका विभिन्न शाखाका प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाका करिब १ सय ५० जनाको सहभागिता रहेको थियो भने कार्यक्रम उद्घोष संचार उद्योगकको समन्वयमा भएको थियो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्