तनहुँ । नेपाल घरेलु तथा साना उद्योग महासंघ तनहुँको २२ औं वार्षिक साधारण सभा एवं अधिवेशन दमौलीमा सम्पन भएको छ । अधिवेशनको अध्यक्ष नेपाल घरेलु तथा साना उद्योग महासंघ तनहूँको कार्यबाहक अध्यक्ष बलराम घिमिरेको सभापतित्वमा भएको थियो । कार्यक्रमको प्रमुख अतिथि नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालका केन्द्रिय बरिष्ठ उपाध्यक्ष शोभा गुरुङको प्रमुख आतिथ्यतामा भएको थियो । गुरुङले राज्यले घरेलु तथा साना उद्योगहरुलाई सम्बोधन गर्नुपर्ने बताउनु भयो । घरेलु तथा साना उद्योग ब्यवासायी सबै जनालाई महासंघमा आवद्व हुन समेत अनुरोध गर्नु भएको थियो । त्यसै गरि विशिष्ठ अतिथि नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष हरिहर थापा , महिला उद्यमी केन्द्रिय बरिष्ठ उपाध्यक्ष रिता अवाल, अतिथिहरु नेकपा एमाले तनहुँ जिल्ला सचिव प्रदिपराज अधिकारी, नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपाल केन्द्रिय सदस्यहरु विनोद पन्थ, तारा श्रेष्ठ, प्रदेश महासचिव महाप्रसाद सुवेदी, ईश्वर बहादुर विष्ट, ऋषिराम भुषाल, रामजी लौडारी लगाएत अतिथिको उपस्थित रहेको थियो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तनहुँको अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन् अध्यक्षमा बलराम घिमिरे, बरिष्ठ उपाध्यक्ष प्रकाश हड्खले, उपाध्यक्ष कविराज श्रेष्ठ, महासचिव मदन तिमल्सेना, कोषाध्यक्ष मनोज सुर्वणकार , सदस्यहरु विजया गौतम, चिज बहादुर गुरुङ , सरस्वती श्रेष्ठ (क), राज थापा श्रेष्ठ, सरस्वती श्रेष्ठ (ख), पार्वति महत, सरस्वती पोखरेल लम्साल रहेका छन् । निर्वाचित सबैलाई केन्द्रिय बरिष्ठ उपाध्यक्ष शोभा गुरुङ सपथ खुवाउनु भएको थियो ।









