राप्रपा तनहुँले दमौलीमा निकाल्यो मशाल जुलुश

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । राप्रपा तनहुँले दमौलीमा निकाल्यो आफ्ना नेता रिहाईको माग गर्दै मशाल जुलुश निकालेको छ । सरकारले आफ्नो पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशम्शेर राणालाई रिहा नगरेपछि राप्रपाले देशभर जस्तै दमौलीमा पनि मसाल जुलुस किालेको हो । पार्टीका वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री राणाविरुद्ध राज्य द्रोहको मुद्दा चलाउन लागिएको विरोधमा राप्रपा सडकमा उत्रिएको हो ।

यसअघि राप्रपाको वैठकले उनीहरुलाई रिहाइ गर्न २४ घन्टाको अल्टिमेटम दिएको थियो । तर, रिहाइ गर्नुका साटो सरकारले मुद्दा हाल्ने तयारी गरेकोमा पार्टीले आपत्ति जनाएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्